काठमाडौं, १८ वैशाख । प्रधानन्यायाधीश सुशील कार्कीमाथि कांग्रेस र माओवादी केन्द्रले महाअभियोग लगाएपछि अहिले सामाजिक सञ्जाल तथा राजनीतिक वृतमा प्रतिपक्षी एमालेले अर्काे महाअभियोगको तयारी गरिरहेको चर्चा छ ।
एमालेले कार्यबाहक प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग लगाउने तयारी गरिरहेको खबर सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।
तर, अब यहाँ प्रश्न खडा भएको छ कि के साँच्चै एमालेले यस्तो गर्छ ? यो प्रश्नको जवाफ दिँदै एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्– यो हल्ला मात्रै हो । निराधार छ ।
एमालेले महाअभियोगको तयारी गर्दैछ भन्ने हल्ला भाइरल भएपछि सचिव ज्ञवालीले ट्वीटरमार्फत जवाफ दिँदै भनेका छन्– ‘एमालेले अर्को महाअभियोग तयारी गर्दैछ भनेर चलाइएको हल्ला सम्पूर्ण रूपले निराधार हो ।’











प्रतिक्रिया