काठमाडौं, १८ वैशाख । फोरम लोकतान्त्रिकले मुलुकको राजनीतिक अवस्था, संविधान संशोधन तथा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
काठमाडौंको तीनकुनेस्थित पार्टी मुख्यालयमा अपरान्ह तीन बजे बस्ने संसदीय दलको बैठकमा मुलुकको विकसित राजनीतिक अवस्थाका विषयमा छलफल हुने फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिए ।
‘संविधान संशोधन, स्थानीय तहको निर्वाचन, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग लगायतका विषयमा बैठकमा छलफल हुनेछ’, उनले भने, ‘समग्र विषयमा आजै पार्टीको आधिकारिक धारणा आउन सक्छ ।’
संविधान संशोधन गरेर मात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने भनेर दवाव दिँदै आएको फोरम लोकतान्त्रिकले प्रमुख दलहरूलाई सहमति र सहकार्यको राजनीतिलाई ध्यान दिन आग्रह गर्दै आएको छ ।











प्रतिक्रिया