८ मंसिर २०८३, मंगलबार

एमालेले आज ‘बोल्ड’ निर्णय गर्ने, बोलायो स्थायी समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १८ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा अपरान्ह दुई बजेपछि बस्ने बैठकमा स्थानीय तहको निर्वाचन तयारी, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको कडा रुपमा विरोध गर्दै आएको एमालेले सो विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ ।

त्यसैगरी, संविधान संशोधन विधेयक र आगामी रणनीतिका विषयमा पनि एमालेले स्थायी समितिमा परामर्श गर्नेछ । स्थायी समितिले समग्र राजनीतिक विषयमा ‘बोल्ड’ निर्णय गर्न सक्ने स्रोतको भनाइ छ ।