काठमाडौं, १८ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचत घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।
आइतबार सार्वजनिक गर्ने भनिएको घोषणा पत्र तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । घोषणा पत्र सार्वजनिक दिउँसो एक बजे पार्टी मुख्यालय धुम्रबाराहीमा हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।
यसअघि एमालेको घोषणा पत्र सार्वजनिक बिहान ९ बजे गर्ने भनिए पनि विविध कारणले दिउँसो एक बजेसम्मका लागि सारिएको भट्टराईले बताए ।











प्रतिक्रिया