८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीले बोलाए हेडक्वाटरको बैठक, गम्भीर निर्णय लिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै त्यसपछि उत्पन्न परिस्थितिका विषयमा समीक्षा गर्न नेकपा (माओवादी) केन्द्रको हेडक्वाटर बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दश बजे बस्ने बैठकमा महाअभियोगको प्रस्ताव र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ । दाहालले अचानक हेडक्वाटरको बैठक बोलाएको बुझिएको छ ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरू मिलेर आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

महाअभियोगको प्रमुख विपक्षी दल एमाले र सत्तारुढ दल रापपाले विरोध गरेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, उम्मेदवार चयन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

बैठकले समसामयिक राजनीतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।