काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विरोध गरेकी छन् । उनले यो कांग्रेसको निर्णय हुनै नसक्ने दावी गरेकी गरेकी छन् ।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा सुजाताले लेखेकी छन्– ‘सर्वोच्च अदालतका प्रधानन्यायधिशमाथी लगाइएको महाअभियोगको निर्णय नेपाली काँग्रेसको निर्णय हुन सक्दैन । काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाको पक्षमा वकालत गर्दै आएको पार्टी हो । नेपाली काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । काँग्रेस न्यायपालिका प्रजातन्त्रको मुख्य आधारस्तम्भ भएकाले यसको सम्मान गर्दछ ।’











प्रतिक्रिया