काठमाडौं, १७ वैशाख । सरकारले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुको कारणबारे स्पष्ट पारेको छ ।
सरकारका कानूनी सल्लाहकार एवं महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश कार्कीले गुटबन्दी गरेको, कार्यसम्पादनमा तलमाथि गरेको लगायत कारणले सरकारले बाध्य भएर महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताए । उनले कानुन र अधिकार क्षेत्रबाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको समेत बताए ।
यस्ता छन् आरोपः
कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ।
आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको ।
न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको ।
कार्यविधि कानुनको पालना नगरेको लगायत ।












प्रतिक्रिया