काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावमा सत्तारुढ दल राप्रपाले विरोध जनाएको छ । र, भोलि पार्टी बैठकबाट निर्णय गरेर सरकार छाड्ने भएको छ ।
सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले कांग्रेस माओवादीको महाअभियोग प्रस्ताव न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको बताएका छन् ।
‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,’ थापाले ट्विटरमार्फत् भनेका छन्– ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।’
यसैबीच राप्रपाका नेतहरुले सोमबार विहानै पार्टी बैठक बसेर सरकारबाट समर्थन फिर्ता लिने जनाएका छन् । राप्रपाका मन्त्रीहरु राजीनामा दिने तयारीमा छन् ।












प्रतिक्रिया