८ मंसिर २०८३, मंगलबार

गृहमन्त्री निधिले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा के छ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो राजीनामाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् ।

गृह मन्त्रालयका अनुसार उनले फोनमार्फत दुबै नेतालाई आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् ।

के छ राजीनामा पत्रमा ?

यस्तै, उनले आफ्नो राजीनामाको आधिकारिक पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै निधिले पत्रमा भनेका छन्, ‘उपप्रधान एवम् गृहमन्त्री पदबाट आजैको मितिदेखि राजीनामा दिएको छु । संविधान संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत सक्रिय रहिरहनेछु ।’

सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेको निर्णयमा असहमति जनाउँदै निधिले आइतबार अपराह्न पदबाट राजीनामा दिएका थिए ।