
काठमाडौं, १७ वैशाख । पूर्व महान्याधिवक्ता युवराज संग्रौलाले प्रधानन्यायधीस सुशीला कार्कीलाई निलम्बन गर्न नसकिने बताएका छन् ।
प्रधानन्यायधीस कार्कीलाई महाअभियोग लगापछि प्रतिक्रिया दिँदै उनले महाअभियोग समितिले मात्रै कार्कीलाई निलम्बन गर्न सक्ने बताए ।कार्कीलाई तत्काल काम गर्न कुनै बाधा नपर्ने दाबी गर्दै उनले समितिले कारबाही प्रक्रिया अघि नबढाउँदासम्म नियमित कार्यसम्पादन गर्न सक्ने प्रष्ट पारेका छन् ।
संविधानको धारा १०१ को उपधारा ६ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि नटुंगिएसम्म आरोपित पदाधिकारीले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने उल्लेख गरिएको छ ।















प्रतिक्रिया