८ मंसिर २०८३, मंगलबार

सुडान घोटालाका तीन पूर्वप्रहरी प्रमुखलाई कैद सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतले सुडानको डार्फरमा पठाइएका प्रहरीलाई चाहिने बन्दोबस्तीका सामग्री (एपिसी) लगायतका सामान खरिदमा घोटाला गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुखहरूलाई जरिवानासहित कैद सजाय फैसला गरेको छ ।

पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजाय सुनाइएको हो ।

प्रधानन्यायाधीश शुसीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला भएको सर्वोच्चले जनाएको छ ।

२०६८ साल जेठ २४ गते अख्तितियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको थियो ।

नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरू मिलेर नेपाल सरकारलाई २८ करोड ८१ लाख ६१ हजार ६सय २९ रुपैयाँ नोक्सानी पुगाई भ्रष्टाचार गरेकाले भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही गर्न अभियोग पत्रमा उल्लेख थियो ।