२९ आश्विन २०८३, बिहिबार

धेरै सुन्दर भएपछि नायिकालाई सरकारले दियो यस्तो सजाय

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । कतिपय युवतीलाई आफू सुन्दर नभएकोमा तनाब नै हुनछ । तर, कोहीलाई भने चाहे भन्दा बढी सुन्दर भएर तनाब सृजना भएको छ । यस्तै तनाब अहिले कम्बोडियाली २४ वर्षीया नायिका डेनी ननलाई भएको छ ।

उनी चाहे भन्दा बढी सुन्दर भएकै कारण उनलाई एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ । कम्बोडियाली सरकारले नायिका नन आवश्यकभन्दा बढि सेक्सी भएकै कारण उनलाई फिल्ममा प्रतिबन्ध गरिएको नाएको छ ।

कम्बोडिया संस्कृति र आर्ट मिनिस्ट्रिका अनुसार उनको फेसबुकमा राखिएको फोटोले आचार संहिताको उल्लंघन गरेको छ । उनको फेसबुकमा ३ लाखभन्दा धेरै फलोअर्स छन् ।

यता ननले भने अन्य नायिकाले जस्तो आफूले त्यस्तो केही पनि नगरेको स्पष्टिकरण दिँदै आफूलाई प्रतिबन्ध गरिएकोमा रोष व्यक्त गरेकी छिन् । ‘कम्बोडियामा थुप्रै सेक्सी कलाकार छन् । कोही त सुटिङका बेला मभन्दा बढि सेक्सी पोज दिने गर्दछन्’ उनी भन्छिन्, ‘चुम्बनका दृश्य दिन्छन, बेड सिन दिन्छन् ।’

ननले तस्बिर पोष्ट गर्ने बेला अब धेरै सेक्सी देखिने फोटो सार्वजनिक नगर्ने समेत बताएकी छिन् । यद्यपी, आफू प्राकृतिक रुपमा नै सेक्सी देखिने गरेको उनको भनाई छ ।

यता डिसिप्लिनरी काउन्सिलका प्रमुख कामरोउन वंथाले मिस ननले मन्त्रालयलाई गत मे महिनामा दिएको लिखित प्रतिबद्धता पूरा गर्न नसकेपछि सजाय दिइएको बताइन् ।

ननले एक कम्बोडियाली पत्रिकालाई आफूले चाहेको जस्तो लुगा लगाउने अधिकार हुनुपर्ने बताएकी छन् ।