८ मंसिर २०८३, मंगलबार

रणनीति बनाउन कांग्रेसका शीर्ष नेताहरू बैठकमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १७ वैशाख । संविधान संशोधनको विधेयकलाई कसरी पारित गराउन सकिन्छ भन्ने विषयमा रणनीति बनाउने नेपाली कांग्रेसका शीर्ष नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा संविधान संशोधनको विधेयककै विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ ।

‘संविधान संशोधनको विधेयक आज संसदमा निर्णयार्थ प्रवेश पाउने सम्भावना छ’, स्रोतले भन्यो, ‘यस्तो अवस्थामा प्रमुख विपक्षी दल एमालेको असहयोग र विधेयक फेल भएमा के गर्ने भन्ने विषयमा रणनीति बनाउन कांग्रेसका शीर्ष नेताहरू बैठकमा बसेका हुन् ।’

कांग्रेसले जसरी पनि संविधान संशोधनको विधेयकलाई पारित गराइ छाड्न बताउँदै आएको छ । स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन कांग्रेसले एमालेलाई पनि विधेयकमा सहयोग गरेर अगाडि बढ्न यसअघि पटक पटक आग्रह गरिसकेको छ ।

तर, कांग्रेसले राष्ट्रहित अनुकूल छैन भनेर कांग्रेसको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।