काठमाडौं, १७ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक बस्ने भएको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहान ११ बजे बैठक बस्ने तयारी भएको नेता केशव झाले जानकारी दिए ।
बैठकमा निर्वाचनको तयारी, संविधान संशोधन, पार्टीको विधान र सबै केन्द्रीय कार्यसमितिलाई कसरी राजपा नेपालमा कसरी समायोजन गर्ने भन्ने विषयमा परामर्श हुनेछ ।
संविधान संशोधन भएपछि मात्रै स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको राजपा नेपालले यथाअवस्थामा चुनावमा सहभागी हुन नसकिने जनाउँदै आएको छ ।











प्रतिक्रिया