८ मंसिर २०८३, मंगलबार

एमालेले घोषणापत्र सार्वजनिक गर्दै, प्रमुख–उपप्रमुख पनि घोषणाको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

एमालेले धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा अपरान्ह तीन बजे विशेष कार्यक्रम गरेर स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

एमालेले आफ्नो घोषणापत्रमा आर्थिक, सामाजिक, राजनीतिक र सामाजिक सुरक्षालगायतका विषयलाई महत्वका साथ उठाएको छ ।
एमालेले वृद्ध भत्तालाई पाँच हजार बनाउने विषय आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।

त्यसैगरी, एमालेले महानगरका प्रमुख र उपप्रमुखको पनि आजै घोषणा गर्ने जनाएको छ । स्रोतका अनुसार घोषणापत्रसँगै मेयर उपमेयरको नाम पनि पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।