शिकागो । नेपालमा वैकल्पिक राजनीतिको अपरिहार्यता महशुस गर्दै गठन भएको साझा पार्टीमा देश बिदेशबाट सद्भाव जनाउनेको क्रम बढ्दो छ ।
पार्टीको घोषणासंगै यस पार्टीका मूल्य मान्यता र कार्यनीति के कस्ता हुनेछन् भन्नेबारे देश बिदेशका नेपालीहरुमा कौतुहलता बढिरहेको बेला साझा सद्भाव समूह शिकागो अमेरिकाको संयोजनमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रसंग स्काईपमार्फ़त लाईभ अन्तर्कृया सम्पन्न भएको हो ।
सिकागोको रोजर्स पार्कस्थित लाईब्रेरीमा बिभिन्न पेशा र ब्यवसायमा संग्लग्न ग़ैर आवासीय नेपालीहरु उत्साहपूर्वक भेला भई बिहान १०ः३० देखि झण्डै एक घन्टा पन्ध्र मिनेट संचालित अन्तर्कृयामा पहिलो पन्ध्र मिनेट साझा पार्टीका संयोजक रविन्द्र मिश्रले साझा पार्टीको गठन र यसको पृष्ठभूमिबारे बताए ।
सहभागीहरुको तर्फबाट टेकराज पौडेल, सुमन वस्ती, अर्जुन थापा क्षेत्री, जानु पंगेनी, रामप्रसाद शाह, अनिल चौधरी, विवेक श्रेष्ठ र शंकर अर्यालले नेपालमा साझा पार्टीको औचित्यता, यसका चुनौतिहरु, रविन्द्र मिश्र राजनीतिमा आउनुको कारण, साझा पार्टी अन्य पार्टीभन्दा फरक हुनुका प्रमाण, मधेशका मुद्दामा साझा पार्टीको दृष्टिकोण, साझा पार्टीलाई बिश्वास गर्ने आधारहरु र साझा पार्टीले अवलम्बन गर्ने मूख्य सिद्धान्त र पुराना पार्टीहरु छाडेर साझा पार्टीमा लाग्नु पर्ने कारण बारे प्रत्यक्ष प्रश्न सोध्नु भएको थियो भने स्थानिय चन्दु भट्टराईले एस एम एस मार्फ़त साझा पार्टीमा अरु दलहरुमा जस्तै लोभी पापीहरुको हाली मुहाली कसरी रोक्न सक्नु हुन्छ भन्ने प्रश्न साथै टेक्सासबाट साझा पार्टीका शुभचिन्तक मंज़िल गौतमले साझा पार्टी र बिवेकशील पार्टीको एकीकरण र कार्यगत एकता बारे प्रश्न सोधेका थिए ।
त्यस्तै आयोजकको तर्फबाट शिकागो सद्भाव समूहका सहसंयोजक मेदनी संग्रौलाले बिदेशिएका नेपालीहरुको भोटिंग राईटबारे साझा पार्टीको योजना बारे प्रश्न सोधेका थिए ।
साझाप्रति सद्भाव राख्ने, गरिवी अशिक्षा र देशको दुरावस्थाका कारण बिदेशिन वाध्य चालीस लाखभन्दा बढी पचास डिग्री सेल्सियसमा कार्य गर्ने र अन्य विकसित देशहरुमा छरिएर रहेका गरी करिव पचास लाख नेपालीहरुले आगामी निर्वाचनमा भोट हाल्ने व्यवस्था गर्न साझा पार्टीले पहल गरोस भन्ने सुझाव दिए ।
परम्परागत राजनीतिलाई फरक ढंगबाट लगेर त्यसैको माध्यमबाट राज्यको रुपान्तरण गर्ने साझा पार्टीको सिद्धान्त अनुरूप नेतृत्वसंग जनताको प्रत्यक्ष सम्पर्क गराउने यस किसिमको प्रयासलाई सहभागीहरुले निकै अर्थपूर्ण रुपमा हेरेको शिकागो सद्भाव समूहका संयोजक डा राजेन्द्र पंगेनीले बताए ।















प्रतिक्रिया