१ कार्तिक २०८३, आइतबार

नेपाली मुस्लिम समाज कतारद्वारा जेठ १३ अघिनै चुनाव गर्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ध्रुब क्षेत्री दोहा (कतार) । नेपाली मुस्लिम समाज कतारद्वारा नेपाली दूतावासलाई कतारमा ज्ञापन पत्र बुझाएको छ ।

मुस्लिमको पर्व रमजानको बेला दोस्रो पटकको निर्वाचनको मिति तोकेको भन्दै समाजले नेपाल सरकारको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई दूतावास मार्फत ज्ञापन पत्र बुझाएको हो ।

सस्थाका अध्यक्ष इन्जिनियर अयुब हकले रमजानको बेलामा मुस्लिम समुदाय भोक भोकै बर्त बस्ने र चुनाबमा आफ्नो भूमिका निर्बाह गर्न गारो हुने भएकाले सरकारको ध्यानाकर्षण गराउन लागेको बताए ।

सरकारले मुस्लिमलाई उपेक्षित गर्दै चुनाब किस्ताबन्दीमा गर्नु आपत्तीजनक भएको उनको भनाई छ । समाजले जेष्ठ १३ भन्दा अगाडि नै दोस्रो पटकको निर्वाचन गराउन सरकारलाई जोडदार माग गरेको छ ।

नेपाली मुस्लिम समाजका अध्यक्ष इन्जिनियर अयुब हक, उपाध्यक्ष स्माइल पन्त, माहाधिबेशन आयोजक कमिटिका अध्यक्ष तथा सल्हाकार यासिन मामासहितको टोलीले दुताबासमा ज्ञापनपत्र बुझाएको हो ।

 ज्ञापनपत्र हेर्नुहोस्ः