२९ आश्विन २०८३, बिहिबार

तपाइहरूका एजेन्डा के के हुन् ल्याउनुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10689914_10152776305707329_2412975939290177623_nकाठमाडौं, २१ असोज । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले अहिले मुलुकको आवश्यक्ता आन्दोलन नरहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आज आयोजित चियापान कार्यक्रममा पत्रकारसँग कुरागर्दै कोइरालाले भने, ‘अहिले आन्दोलन गर्ने बेला होइन ।’ उनले आन्दोलन गरेर मुलुकमा सहमति हुन नसक्ने बताए ।

‘सहमति गरेर जानुपर्छ । संविधान बनाउनु पर्छ,’ उनले भने, ‘फेरि पनि असफल भयौँ भने हामीलाई जनताले धिक्कार्ने छन् ।’

उनले आन्दोलनरत एमाओवादीसहितका दलहरूलाई वार्तामा आउन आग्रह गरे ।

एमालेका अध्यक्ष केपी ओलीले आन्दोलनरत पक्षलाई एजेन्डासहित वार्तामा आउन आग्रह गरे । उनले आन्दोलन गरेर सधै मुलुकलाई अन्यौलमा राख्न नपाइने बताए ।

‘तपाइहरूका एजेन्डा के हुन् ?,’ उनले भने, ‘आउनुस् वार्ता गरौ । सहमति हुँदैन भने प्रक्रिया मार्फत संविधान बनाऔँ ।’