८ मंसिर २०८३, मंगलबार

संविधान संशोधन विधेयकविरुद्ध उभिएको एमालेबारे यसो भन्छन् गगन थापा

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले विपक्षी दलहरुले भ्रम फैलाउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले शनिबार विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसमितिका सहसंयोजक समेत रहनुभएका थापाले प्रमुख प्रतिपक्ष एमाले लगायत एकाध दलहरुले संशोधनका विषयमा भ्रम छरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानलाई सर्वस्वीकार्य गर्ने कार्यलाई लाञ्छित गर्ने कार्य आपत्तिजनक छ । नागरिकहरुलाई अपमानित गर्ने काम भएको छ ।”

उहाँले नेपाली कांग्रेस राष्ट्रियर्ता र अखण्डताका विषयमा संवेदनशील रहेको बताउदै भन्नुभयो– “प्रदेशको सीमना तलमाथी होला तर देशको हुदैन । देश कस्तो रहने र प्रदेश कस्तो रहने भन्ने कुरा जनता छुट्याउन सक्छन ।”

उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा शान्ति र संविधानको ऐतिहासिक दायित्व पूरा भएको समृद्धिको नेतृत्व पनि कांग्रेसले नै पूरा गर्ने दावी गर्नुभएको थियो ।