काठमाडौं, १६ वैशाख । प्रहरी महानिरीक्षक (आर्इजीपी) प्रकाश अर्यालले स्थानिय तहको निर्वाचन दुर्इ चरणमा हुने भएकाले प्रहरीले आफ्नो तयारी तिव्र पारेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालय पुगेको पत्रकारसहितको दाङको टोलिसंग कुरा गर्दै उनले सरकारले बैशाख ३१ गते निर्धारित समयमा निर्वाचन हुने भएकाले प्रहरी दुइ चरणको निर्वाचनको तयारीमा जुटेको जानकारी दिए । ‘प्रहरी दुइ चरणको निर्वाचनको तयारीमा जुटिसकेको छ, म्यादि प्रहरीहरुलाई ठाँउ– ठाँउमा पठाउने काम भइरहेको छ’ –उनले भने– ‘शान्त र भयरहीत तरीकाले निर्वाचन गर्न प्रहरीप्रशासन सक्षम छ, निर्धक्कका साथ जनताले भोट हाल्ने ब्यवस्था मिलाउनका लागि जस्तो सुकै आवश्यक सुरक्षा प्रवन्ध मिलाउछौ ।’ निर्वाचन विरोधि गतिविधि प्रहरीलाई सह्य नहुने चेतावनी दिदै उनले निर्वाचन विरोधीलाई प्रहरीलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।
दाङको घोराही निवासी आइजीपी अर्यालले आफू डिआइजी हुँदा दाङसहित देशभर शान्ति सुरक्षाका लागि पहल गरेको स्मरण गर्दै नेपालको प्रहरी प्रमुखको जिम्मेवारी लिएको हिसावले दाङसहित मध्यपश्चिम क्षेत्रको शान्ती सुरक्षाका लागि प्रहरी चौकी स्थापनादेखि दरबन्दी थप्ने कार्यलाई विशेष प्राथमिकता दिने प्रतिवद्धता जाहेर गर्नुभयो । ‘दाङको शान्ति सुरक्षाका लागि मैले आफ्नो वलवुताले भ्याएसम्म प्रहरी चौकि स्थापना गर्न पहल गरेकै हुँ, अहिले पनि जिल्लामा आवश्यक स्थानहरुमा प्रहरी चौकि स्थापना गर्ने वा स्थायि बनाउने वा दरबन्दि थप्नुपर्ने अवस्था भए भन्नुहोस’ उनले थपे ‘अझ त्यसमा पनि दाङ निवासि भएको नाताले मैले केही गर्न चाहेको छु, दङ्गालिले शान्ति सुरक्षाको विषयमा ल्याउने कानुनसम्मत प्रस्तावलाई मैले पुर्णरुपमा सहयोग गर्छु ।’











प्रतिक्रिया