८ मंसिर २०८३, मंगलबार

चुनावको मुखैमा स्याङ्जामा एमालेलाई धक्का !

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, १६ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा स्याङ्जामा नेकपा एमालेका साविक स्वरेक गाँउ कमिटी अध्यक्ष कमलप्रसाद पंगेनीले पार्टी परित्याग गरेका छन् ।

स्थानीय निर्वाचनमा टिकट नपाएपछि पंगेनी पाटी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् । एमालेले न्यायोचित र पेशेवर कार्यकर्ताको निष्ठा एंव प्रतिष्ठामाथि आँच आउने काम गरेको उनको आरोप छ ।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ र वालिङ नगर समितिको संयुक्त आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेबाट खुला वडा सदस्यका उमेदवार ६५ बर्षिय भागिरथ कुँवर पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

एमालेबाट आएका नवप्रवेशी काँग्रेसका जिल्ला सभापति एंव साँसद कमलप्रसाद पंगेनी, पुर्व सभापति खगेन्द्रराज रेग्मीले पाटीको सदस्यता प्रदान गरी खादा र अविर लगाएर स्वागत गरे ।