काठमाडौं, १५ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको सर्वदलीय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समग्र राजनीतिक विषयमा छलफल भइरहेको राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले जानकारी दिए । उनले बैठकमा प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक विषयमा कुरा राखेको बताए ।
स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने बुझिएको छ ।











प्रतिक्रिया