३ कार्तिक २०८३, मंगलबार

२७० करोड लागतको फिल्म ‘बाहुबली–२’ नौं हजार हलमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मुम्बई । एस.एस. राजामौलीको निर्देशनमा बनेको फिल्म ‘बाहुबली–२ : द कन्क्लुजन’ आज विश्वका विभिन्न नौं हजार फिल्म हलमा एकै साथ लागेको छ ।

भारतमा ६५०० र बाह्य मुलुकमा २५०० फिल्म हलमा यो फिल्म लागेको छ ।  रिपोर्टअनुसार, ‘बाहुबली–२’ अमेरिकामा ११०० फिल्महलमा लागेको छ । त्यस्तै, क्यानडामा ८० भन्दा बढी स्थानका १५० फिल्महलमा यो फिल्म लागेको छ ।

न्यूजल्याण्ड, अस्ट्रेलिया र फिजी आइल्याण्ड्समा फिल्म हिंन्दी भर्जनमा प्रदर्शन गरिएको छ । फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, राम्या कृष्णन, तमन्ना भाटिया र सत्यराजले भूमिका निभाएका छन् ।

रिलिज अगावै ५०० करोड कमाई
‘बाहुबली–२’ का क्रेजले फिल्मले रिलिज हुनुभन्दा अघि नै ५०० करोड रुपैयाँ कमाईसकेको छ । फिल्मले यो कमाई ‘थिएट्रिकल राइट्स’ बाट कमाएको हो ।

एक रिपोर्टकाअनुसार फिल्म हिन्दी भाषाको ‘राइट्स’ बाट १२० करोड र तेलुगु भाषाको ‘राइट्स’ बाट १३० करोडमा विक्रि भएको छ ।
तमिलनाडुमा यस फिल्मको ‘राइट्स’ ४७ करोड रुपैयाँमा बेचिएको छ ।

केरलामा ‘डिस्ट्रीब्यूशन राइट’ बाट फिल्मले १० करोड र कर्नाटकबाट ४५ करोड कमाई गरेको छ । यस्तै, फिल्मकोे हिन्दी भर्जनको ‘सेटेलाइट राइट’ ५१ करोड रुपैयाँमा सोनीले खरिद गरेको छ । सोही फिल्म तेलुगु भर्जनकोे २६ करोÞड रुपैयाँमा विक्रि भएको छ ।