८ मंसिर २०८३, मंगलबार

चुनावको मुखैमा एमालेले ल्यायो महत्वाकांक्षी योजना, पार्टी कार्यालयबाट घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावलक्षित महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

विहिबार स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको दोस्रो सत्रमा एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो दलले पूर्वाधार विकासका साथ आर्थिक विकासको गतिविधि बढाई नेपालीको प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याउने घोषणा गरे ।

उनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्र प्राप्तिका लागि मुलुकमा पाउन सम्भावना भएका युरेनियम (मुस्ताङ), पेट्रोलियम पदार्थ (दैलेख), फलामखानी (नवलपरासी), बहुमूल्य पत्थर लगायत स्रोत साधनको बहुत उपयोग गरिने योजना सुनाए ।

सो अवसरमा महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीलाई बाहिर राखेर संविधानमा सर्वस्वीकार्य हुन नसक्ने बताउँदै विधि र प्रक्रियाबाट बनेको संविधान समयसापेक्ष परिमार्जित हुँदै जाने विचार व्यक्त गरे ।

दीर्घकालमा हिन्दी भाषालाई सरकारी काम कारबाहीको भाषाका रुपमा महत्व दिनका लागि अहिलेदेखि नै गृहकार्य भइरहेको आरोप पनि उनले लगाए ।