८ मंसिर २०८३, मंगलबार

सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्रीले सहयोगको अपील गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । स्थानीय तहको निर्वाचन र तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बस्ने सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री दाहालले सोही विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई खबर पठाएका छन् ।

संविधान संशोधन विधेयकका विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री दाहालले विधेयकमा सहयोग गर्न आग्रह गर्ने बुझिएको छ ।

एमालेसहितका विपक्षी दलहरूले मधेसी मोर्चाले भने जसरी संसदमा ल्याइएको संशोधन विधेयकको विरोध गर्दै आएका छन् । उनीहरूले विधेयकलाई असहयोग गर्ने यसअघि जनाइसकेका छन् ।