३ कार्तिक २०८३, मंगलबार

बलिउड अभिनेता विनोद खन्नाको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता विनोद खन्नाको निधन भएको छ । ७० वर्षीय खन्नाको क्यान्सरका कारण निधन भएको हो ।

गुरुदासपुरबाट सांसद बनेका अभिनेता विनोद खन्नाको निधन बिहीबार मुंबईको रिलायंस फाउंडेशन अस्पतालमा भएको हो । विनोद खन्ना ३१ मार्चमा मुंबईस्थित सर एच एन रिलायंस फाउंडेशन अस्पतालमा उपचारका लागि भर्ती भएका थिए ।

खन्नाको शरीरमा पानीको मात्रा अत्याधिक कमी रहेका कारण उपचारमा समस्या भएको समाचारमा उल्लेख छ ।

उनको एउटा तस्बिर सार्वजनिक भएको थियो, जसमा विनोद खन्ना अत्यन्तै दुब्ला र कमजोर देखिएका थिए । विनोद खन्ना ऐक्टिंगका अलावा राजनीतिमा पनि सक्रिय थिए ।

विनोद खन्नाले दुई वटा पत्नी विवाह गरेका थिए । पहिलो पत्नी गीतांजलि हुने । गीताञ्जलिसँग सन् १९८५ मा सम्बन्ध विच्छेद भएको थियो ।

त्यसपछि विनोद खन्नाले दोस्रो विवाह कवितासँग गरेका हुन् । कविताबाट विनोद खन्नाका तीन छोरा जन्मिएका थिए । – एजेन्सी