८ मंसिर २०८३, मंगलबार

एमाले नेतृत्वको गठबन्धन बैठकमा तीन दल अनुपस्थित, आफै संशोधन दर्ता गराउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १४ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले) नेतृत्वको नौ दलीय गठबन्धनले सरकारले संसदमा अगाडि बढाएको संविधान संशोधनको विधेयकमा छुट्टै संशोधन दर्ता गराउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले सरकारले अगाडि बढाएको संविधान संशोधनको विधेयकलाई पारित हुन नदिने निर्णय गरेको हो । विपक्षी गठबन्धनले आफैले दर्ता गराउने संशोधनलाई पारित गराउने जनाएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधनको प्रक्रियामा सहभागी निर्णय गरेको बताए । ‘नौ दलले आफैले पनि सरकारले अगाडि बढाएको संविधान संशोधनको विधेयकमाथि संशोधन दर्ता गराउँछौँ’, उनले भने, ‘सरकारको विधेयक फेल गराउँछौँ । हाम्रो आफ्नै विधेयक पारित गराउन पहल गर्छौं ।’

सरकारले संसदमा अगाडि बढाएको संविधान संशोधनको विधेयक पहिलाको भन्दा पनि नकारात्मक रहेको उनले टिप्पणी गरे ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले नागरिकता, हिन्दी भाषा, प्रदेश र स्थानीयतको अधिकार कटौती गर्ने विषय झन् घातक रहेको बताए । उनले भने, ‘अहिलेसम्म सत्ता पक्षलाई संविधान संशोधन विधेयक पारित गराउन दुई तिहाइ पुग्दैन’, उनले भने, ‘हाम्रो गठबन्धन सरकारको यो संविधान संशोधन विधेयक फेल गराउँनका लागि एकवद्ध छ ।’

नौ दलीय गठबन्धनको बिहीबारको बैठकमा मेघराज निसाद नेपाली, लक्ष्मणलाल राजवंशी, शिवलाल थापा नेतृत्वको दलहरू भने अनुपस्थित स्रोतले जनाएको छ । एमालेका अध्यक्ष केपी ओली पनि नौ दलको बैठकमा सीमित समय बसेर बाहिरिएका थिए ।