८ मंसिर २०८३, मंगलबार

ओलीकै लाईनमा आए उपेन्द्र यादव ! प्रचण्डको निर्णयप्रति गम्भीर चिन्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई चरणमा निर्वाचन गराउने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।

विहिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता यादवले सरकारको यो निर्णयले भविष्यमा नराम्रा संकेत छाड्ने भन्दै चिन्ता व्यक्त गरे ।

सरकारले मधेसवादी दललाई चुनावमा सहभागी गराउन वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई दुई चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । र, दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुनेछ । तर, यो निर्णयको एमालेले विरोध गरेको छ । एमाले अध्यक्ष केपी ओलीले त संसदबाटै दोस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयको विरोध गरे । उनले एकै चरणमा हुनुपर्ने र त्यसो नभए जेठ १५ अर्थात बजेट अगावै चुनाव गरिसक्नुपर्ने आफ्नो अडान संसदमा सुनाएका हुन् ।

ओलीकै लाइनअनुसार विहिबारको साक्षात्कारमा संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन गलत भएको बताए ।

उनले भने– ‘दुई चुरणको निर्वाचन गलत हो, गलत मात्रै होईन यो अत्यन्तै गलत छ, यसले भविष्यमा नराम्रा संकेत छोड्न सक्छ, एकै चरणमा निर्वाचन गर्नु नै देशको हितमा छ, हतारो गरेर उपयुक्त छैन् ।’

राष्ट्रिय एकतालाई बलियो बनाउनको लागि पनि एकै चरणमा निर्वाचन गर्नुपर्नेमा उनको जोड थियो ।

‘नियमावली अझैपनि नपाउनु दुःखदायी कुरा’

नेता यादवले निर्वाचनको मिति धेरै नजिक आईपुग्दा समेत निर्वाचनका प्रक्रिया जस्तो नियमावली अझैपनि नपाउनु दुःखदायी कुरा भएको टिप्पणी गरे । उनले संविधान संशोधन पूरा गरेरमात्रै निर्वाचनको तयारी थाल्नुपर्नेथियो भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । उनले भने– ‘संविधान संशोधन भनेको नै चुनावको लागि हो, बिल अहिले हाउसमा छ, यता निर्वाचनको प्रक्रिया अघि बढाईएको छ ।’

‘स्थानीय तहको अझै टुंगो नलाग्नु विडम्वना’

त्यस्तै उनले चुनावको लागि उम्मेद्धवारी दिन दलहरु तयार भैरहेको अवस्थामा अझैसम्मपनि स्थानीय तहको संख्या कति हुने हो भन्ने कुरा टुँगो नलाग्नुपनि उतिकै दुःखदायी भएको गुनासो पोखे ।

उनले भने, ‘अझैसम्म पनि स्थानीय तहको संख्या कति हुने हो भन्ने कुराको टुँगो छैन, २१ वटा जिल्लामा मात्रै संख्या बढाउने कुरा राम्रो होईन, बढाउने हो भने यो देशभरि नै लागु हुनुपर्छ ।’