८ मंसिर २०८३, मंगलबार

केपी ओलीलाई एमाले कार्यालयमा एक्लै भेटेर कमल थापाले के भने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । सरकारका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टु वान’ वार्ता गरेका छन् ।

विहिबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेर थापाले ओलीसँग समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरेका हुन् ।

बैठकमा तीन विषयमा छलफल भएको छ । राप्रपा अध्यक्ष समेत रहेका उपप्रम थापाका अनुसार बैठकमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिइसकेको अवस्था, संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएको थापाले जानकारी दिए ।

‘सहमति हुन नसकेको विषयमा छलफल भयो आ आफ्ना कुराहरु आदान प्रदान भए । सहमति गरेर जानुपर्छ भन्ने कुरामा उहाँहरु पनि तयार छन्,’ बैठकपछि उपप्रम थापाले सञ्चारकर्मीसँग भने ।

स्थानीय निर्वाचनको मुद्दामा मधेसी दललाई समावेश गराउने कुरामा प्रमुख दलहरुबीच धुव्रीकरण बढेका बेला थापा सहमति खोज्न सक्रिय भएका हुन् ।