८ मंसिर २०८३, मंगलबार

दाङमा निर्वाचन कार्यक्रम स्थगित, सोह्र दलले पाए चुनाव चिन्ह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १४ वैशाख । स्थानीय तहको निर्वाचनका लागि दाङमा दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिन्ह पाएका हुन् । चुनाव चिन्ह पाउने दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् ।

नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिन्ह पाएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए ।

अन्य दलले चुनाव चिन्ह नपाए पनि आयोगले स्वतन्त्र रुपमा लड्न पाउने र सोही अनुसारको चुनाव चिन्ह दिने व्यवस्था गरिएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि दाङमा निर्वाचनका कार्यक्रम २४ दिनका लागि स्थगित गरिएको छ ।

प्रदेश नं ५ मा दाङ पर्ने हुँदा जेठ ३१ मा निर्वाचन हुने भएकाले हाललाई निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यसअघि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भनिएको हुँदा त्यहीअनुरुप तयारी गरिएको थियो । दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिअनुसार प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भएपछि निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनका कार्यक्रम स्थगन भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख कार्कीले जानकारी दिए ।