८ मंसिर २०८३, मंगलबार

अन्ततः ओलीकै लाइनमा आयो संघीय समाजवादी पार्टी !

61.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेपाल संघीय समाजवादी पार्टीले जेठ ३१ गते घोषणा गरिएको दोस्रो चरणको निर्वाचन मिति फिर्ता लिन सरकारसँग माग गरेको छ ।

दोस्रो चरणको निर्वाचन मितिमै मुस्लिम समुदायको पवित्र व्रत रमजान परेकाले उनीहरु मतदान गर्नबाट बञ्चित हुने भन्दै समाजवादीले मिति रद्द गर्न माग गरेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार संसदमा बोल्दै दोस्रो चरणको निर्वाचनले मुश्लिम समुदाय मतदानबाट वञ्चित हुने भन्दै जेठ १५ अगावै दोस्रो चरणको चुनाव गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले भनेका थिए– पानी समेत नखाई बसेका मुश्लिम दाजुभाई दिदीबहिनीहरु जेठको टन्टलापुर घाममा भोट कसरी आउँछन् ? यसबारेमा सरकारले के सोचेको छ । मतदान हरेक नागरिकको अधिकारी हो । मुश्लिम दाजुभाई दिदीबहिनीलाई वञ्चित गराउन हुन्न् । त्यसकारण दोस्रो चरणको निर्वाचन गर्ने सन्दर्भमा जेठ ३१ को मिति ठिक छैन् । जेठ १५ भन्दा पहिला नै हुनुपर्छ ।’

समाजवादी पार्टीले ओलीकै लाइनअनुसार बुधबार विज्ञप्ति जारी गर्दै नयाँ मितिमा निर्वाचन गर्न माग गरेको हो ।

‘जेठ ३१ गते घोषणा गरिएको दोस्रो चरणको निर्वाचन मुस्लिम समुदायको पवित्र व्रत रमजानको १ महिने उपवासलाई समेत उपेक्षा गर्दै जवरजस्ती मुश्लिम दाजुभाई दिदि वहिनीहरुको भावनामा पुर्याएको चोट प्रति हाम्रो पार्टीको गम्भिर ध्यानआकर्षण भएको छ । राज्यले सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्नेमा त्यसको समेत खिल्ली उडाएको छ,’ पार्टीका वरिष्ठ नेता वीर बहादुर लामाद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ– ‘तसर्थ सबै असन्तुष्ट पक्षको माग सम्बोधन गरी अव्यवहारिक अवैज्ञानिक निर्वाचन मिति रद्द गरी नयाँ निर्वाचन मिति घोषणा गरियोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

समाजवादी पार्टीले राजनीतिक दलहरुलाई चुनाव चिन्ह समेत नदिई ३ दलिय सिन्डीकेटले घोषणा गरेको स्थानिय तहको निर्वाचन प्रति आपत्ति समेत जनाएको छ ।