८ मंसिर २०८३, मंगलबार

संसद भवनमा प्रचण्ड र ओलीबीच चर्काचर्की, देउवा र थापा हेरेको हेर्यै !

20k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेरै देखाउने चुनौति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसदमा भवनमा जारी बैठकमा ओलीले राष्ट्रको हितमा नरहेको संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्याई संविधान संशोधन गरेर देखाउने चुनौति दिए । ‘हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकमा स्थानीय तहको संख्या थप्ने विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच चर्काचर्की परेको थियो । ओलीले तराईका केही जिल्लामा स्थानीय तह बढाउने निर्णय कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएपछि प्रधानमन्त्रीले यो निर्णयबाट आफू ब्याक नहुने र निर्वाचनमा सबैलाई सहभागी गराएरै छाड्ने उद्घोष गरेका थिए ।

सरकारले निर्वाचनमा मधेसवादी दललाई सहभागी गराउन तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय गरेपछि एमाले विरोधमा उत्रिएको हो । र, संसद बैठकमा अवरोध गरिरहेका छ । यसै बिषयमा सहमति खोज्न संसद भवनमा बैठक बसेको थियो । तर, बैठकमा प्रचण्ड र ओलीबीच चर्काचर्की नै पर्यो ।

उक्त बैठकमा प्रचण्ड र ओलीबीच चर्काचर्की पर्दा कांग्रेस सभापति शेरवहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि मौन बसेका थिए ।