काठमाडौं, १३ वैशाख। जनरल फाइनान्स लिमिटेडर बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्था मुख्यतया गैरआवासीय नेपालीद्धारा प्रर्वद्धित संस्था हुन् । सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडेल र जनरल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले हस्ताक्षर गरेकाछन् ।
यो सम्झौतासँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनरल फाइनान्सका सम्पूर्ण शाखाबाट भुक्तानी लिन सकिने छ । सम्झौता पछि बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पहारीले बेष्ट रेमिटसँगको सम्झौताले जनरल फाइनान्सको सेवामा थप प्रगाढता आउने जनाउदै भने– ‘भर्खरै मात्र पुनः संचालनमा आएको मुलुककै पुरानो मध्येको यस फाइनान्सलाई १ वर्षभित्र उत्कृष्ट ५ फाइनान्स भित्र पार्ने लक्ष्यलाई यो सम्झौताले थप बल पुर्याउने विश्वास लिएकाछौ । साथै आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवा दिन फाईनान्स कटिबद्ध रहेको समेत बताउनु भयो ।
यस्तै बेष्ट रेमिटका प्रवन्ध निर्देशक पौडेलले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पुर्याउन जनरल फाइनान्ससँगकोे सम्झौताले थप सहज बनाउने जानकारी दिए ।
बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिटमार्फत पठाएको रकम अब बेस्ट रेमिटका ५००० एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।















प्रतिक्रिया