काठमाडौं, १३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आज स्थानीय तहको निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गर्दै छ ।
ललितपुरको कुपण्डोलस्थित एक होटेलमा विशेष पत्रकार सम्मेलन गरेर राप्रपाले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्न लागेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
‘राप्रपाले स्थानीय तहको निर्वाचनको तयारी तीब्रताका साथ सुरु गरेको छ’, उनले भने, ‘जनतामा मत माग्न जानु अगाडि पार्टीको भावी योजनाहरू राखेर घोषणापत्र तयार पारेका छौँ । त्यसलाई आज सार्वजनिक गर्ने छौँ ।’
स्थानीय तहको निर्वाचनका लागि राप्रपाले आर्थिक वृद्धिका साथै जनतामा अधिकार दिने गरेर घोषणापत्र तयार पारेको दाबी गरेको छ ।
यसअघि नेपाली कांग्रेसले मंगलबार विशेष पत्रकार सम्मेलन गरेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।











प्रतिक्रिया