काठमाडौं, १३ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले) स्थानीय तहको संख्या वृद्धि गर्ने सरकारको निर्णयविरुद्ध विरोधमा उत्रिएपछि सहमति जुटाउने प्रयास स्वरुप प्रमुख चार दलबीच आज पनि छलफल हुने भएको छ ।
काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजे प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष कमल थापाको संयुक्त बैठक बस्नेछ ।
बैठकमा एमालेले स्थानीय तहको संख्या वृद्धि गर्ने गरेर तराईका दश जिल्लामा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रका विषयमा जोडदार विरोध गर्ने बुझिएको छ । सोही विषयलाई लिएर एमालेले मंगलबारको संसद बैठक अबरोध गरिसकेको छ ।
त्यसैगरी, संविधान संशोधन, स्थानीय तहको निर्वाचन, बजेटको ल्याउने बजेटको मिति सार्ने लगायतका बिकल्पहरूमा पनि छलफल हुने जनाइएको छ ।











प्रतिक्रिया