मुम्बई । प्रदर्शनमा आएको फिल्म ‘बेगम जान’मा अभिनेत्री विद्या बालनको कामलाई दर्शकले मन पराएका छन् । समीक्षकले फिल्मको खुलेर प्रशंसा गरेका पनि छन् ।
फिल्ममा पाएको प्रतिक्रियाबाट विद्या निकै खुसी भइन् । तर, फिल्मको व्यापारप्रति उनलाई चित्त बुझेन ।
फिल्मले पाएको प्रतिक्रिया र चर्चाका हिसाबले फिल्मको व्यापार ४० करोडभन्दा माथि हुने विश्वास यी अभिनेत्रीलाई थियो । तर, सोअनुसार फिल्मको व्यापार गर्न सकेन ।
स्वदेशी बक्स अफिसमा बेगम जानले १६ करोड ३४ लाख भारतीय रुपैयाँको व्यापार ग¥यो । फिल्मलाई श्रीजित मुखर्जीले निर्देशन गरेका हुन् ।
यो फिल्ममा भारत र पाकिस्तान विभाजन हुँदा दुवै देशको सिमानामा परेपछि भत्काउन लागिएको वेश्यालयलाई जोगाउन त्यहाँका यौनकर्मीहरूले गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । – एजेन्सी















प्रतिक्रिया