३ कार्तिक २०८३, मंगलबार

यौन पीडामा आधारित ‘नमस्ते काठमाडौं’ बजारमा आउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अवसर पारेर कथा संग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् ।

कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाएका क्षत्रीले नयाँ कथाहरुलाई संग्रहको रुपमा पाठकमाझ ल्याउन लागेका हुन् । दुई दशक भन्दा लामो समयदेखि अखबारी पत्रकारितामा सक्रिय क्षत्रीको कथा सम्बन्धि यो पहिलो संग्रह हो ।

क्षत्रीले यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा समेटेको बताए । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाँच्न विवस भएकाहरुलाई संग्रहका कथाहरुले अन्याय बिरुद्ध लड्न र नयाँ प्राप्ति गर्न हौसला दिने पनि क्षत्रीको भनाई छ ।

यौन बिद्रोहको कथा सँग्रह ‘नमस्ते काठमाडौं’ प्रशानको तयारीमा छ । बैशाख २० गतेसम्म बजारमा ल्याउने तयारीमा रहेको कथा संग्रहमा १८ वटा कथा छन् । कथा संग्रहलाई बजार मूल्य ३ सय ५० रुपैयाँ राखिएको क्षत्रीले बताए ।