८ मंसिर २०८३, मंगलबार

सल्यानका सबै स्थानीय तहका साइनबोर्ड रातारात हराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मिना बुढाथोकी बैशाख, १२ सल्यान । सल्यानका तीन नगरपालिका र सात गाउँपालिकाका साइनबोर्ड सोमबार राति हराएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पहिचान नखुलेका मानिसहरुको समूहले जिल्लाका १० वटा स्थानीय तहका बोर्डहरु गायव पारेको जनाएको छ । यस्तै, १० वटै तहका भित्तेबोर्ड र नागरिक वडापत्रमा पनि रंग छ्यापिएको छ ।

सल्यानका शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, डोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका र दार्मा गाउँपालिकाका साइनबोर्डहरु गायव पारिएको छ ।

प्रहरीले पहिचान नखुलेका मानिसहरुले बोर्ड गायब गरेको जनाएको बेला विप्लवने नेतृत्वको नेकपाले त्यसको लिएको छ । पार्टीका राप्ती व्युरो प्रवक्ता डिल्लीराज शर्माले शान्तिपूर्ण सभा गर्न नदिएको विरोधमा सबै स्थानीय तहका बोर्डहरु रातारात हटाएको बताएका छन् ।

उनले शान्तिपूर्ण तरिकाले कार्यक्रम गरिरहेका पार्टीका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न आग्रह समेत गरेका छन् । स्थानीय तहको चुनावको खारेजीको माग गरिरहेको नेकपाले चुनावमा उम्मेद्वारी नदिन समेत उम्मेद्वारहरुलाई चेतावनी दिएको छ ।