
काठमाडौं, १२ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलहरूका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीलगायतका नेताहरूको सहभागिता रहेको छ ।
बैठकमा डा.शशांक कोइराला, प्रकाशमान सिंह, सुवासचन्द्र नेम्वाङ, जितेन्द्र देव, पम्फा भुसाल, गृहमन्त्री विमलेन्द्र निधिलगायतको पनि सहभागिता रहेको छ ।











प्रतिक्रिया