काठमाडौं । चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीले गाएको एमालेको चुनावी गीत चर्चित बनेको छ । ‘सही पनि एमाले, म पनि एमाले’ बोलको गीतमार्फत उनले आगामी निर्वाचनमा एमालेलाई भोट दिन आग्रह गरेका छन् ।
सार्वजनिक हुने वित्तिकै चर्चामा आएको गीत मार्फत उनले राजनीतिक दलहरुमा एमाले राम्रो भएकाले एमालेमा भोट दिन आह्वान गरेका छन् । त्यस्तै, गीतमा देश विकासमा एमालेले लिएको नीतिको पनि वर्णन गरिएको छ ।
एमाले निकट गायक पंगेनीलाई गायिका प्रिया भण्डारीले स्वरमा साथ दिएकी छन् । यसमा इएनबीको सब्द–संगीत र अनुप सिवाकोटीको सम्पादन छ ।
भिडियोः
















प्रतिक्रिया