काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन सरकार र नेपाल प्रहरीलाई अन्तरिम आदेश दिएको छ ।
सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवाललाई नियन्त्रणमा लिएर छानविन थालेपछि मंगलबार न्यायाधीशत्रय जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो ।
आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ । अब त्यसअघि सिलवालमाथि सरकारले कुनै कारवाही चलाउन पाउने छैन् ।











प्रतिक्रिया