काठमाडौं, १२ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक भएको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा लगायतका केन्द्रीय नेताले ‘नेपाली कांग्रेसको घोषणापत्र स्थानीय तह निर्वाचन २०७४’ सार्वजनिक गरेका हुन् ।
सो अवसरमा कांग्रेसको मूल नारा ‘हामी भित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ र ‘स्थानीय सरकार लोकतन्त्रको आधार’ भन्ने नारा पनि सार्वजनिक गरियो ।
घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय रुपमा जनताको सहभागितामुलक प्रजातन्त्र संस्थागत गर्न र जनतलाई अधिकार सम्पन्न बनाउन घोषणापत्र ल्याइएको बताए । उनले भने– ‘यो प्रतिबद्धता पत्र मात्र होइन्, कांग्रेस कार्यान्वयन गर्छ ।’












प्रतिक्रिया