८ मंसिर २०८३, मंगलबार

सरकार र मधेसी मोर्चालाई अप्ठेरोमा पार्ने एमालेका दुई कडा निर्णय ! संसद पनि ठप्प

23.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । दुई चरणमा निर्वाचन गर्ने, दोस्रो चरणको निर्वाचन अगावै बजेट ल्याउने र तराईमा स्थानीय तहको संख्या बढाउने सरकार र मधेसी मोर्चाबीच भएको सहमतिविरुद्ध प्रमुख प्रतिपक्षी दल फेरि विरोधमा उत्रिएको छ ।

साथै यसै हप्ताभित्र संविधान संशोधन विधेयक पारित गराउने निर्णयमा पनि असहमति जनाउँदै कुनैहालतमा पारित हुन नदिने भन्दै एमालेले संसदभित्र कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ ।

यति मात्रै होइन् तराईमा स्थानीय तहको संख्या बढाउने निर्णयविरुद्ध आजदेखि संसद समेत अवरुद्ध पारेको छ ।

यस्ता छन् सरकारलाई अप्ठेरो पार्ने एमाले स्थायी कमिटीका निर्णयः

– प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोट भक्तपुरमा बसेको नेकपा (एमाले) स्थायी कमिटीको ६१ औं बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारद्वारा व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको निर्वाचनसम्बन्धी तयारी, पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गरेको छ ।

संविधान संशोधन विधेयकको संसदभित्र कडा प्रतिवाद गर्ने र बजेटपछिको चुनाव नमान्ने एमाले निर्णय । 

– बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित आएको ठहर गर्दै संविधान संशोधनको उक्त विधेयकलाई संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

– साथै, मुलुक जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेलामा आन्दोलनका सहयात्री दलहरूबीचमा न्यूनतम सहमति निर्माण गर्दै मुलुकलाई अग्रगामी दिशा दिनुपर्ने ऐतिहासिक दायित्वलाई सरकारद्वारा बेवास्ता गर्दै ल्याइएको यो संशोधन विधेयक तत्काल फिर्ता गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

– सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेलामा निर्वाचनलाई नै अनिश्चयतिर धकेल्ने र मुलुकलाई थप अस्थिरतातिर लैजाने दूराशयपूर्ण उद्देश्यसहित निर्वाचनलाई दुई चरण गर्ने नाममा स्वयम् निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहितालाई उल्लंघन गर्ने, जेठ १५ गते संसदमा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै निर्वाचनलाई प्रभावित गर्ने गरी प्रस्तुत भएका निर्वाचनसम्बन्धी कतिपय विषयहरूमा गम्भीर असहमति रहेको जनाएको छ ।

यस विषयमा पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डलले आजै निर्वाचन आयोगसमक्ष औपचारिक ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि पार्टी केन्द्रद्वारा निर्णय गर्नुपर्ने उम्मेदवारहरू, पार्टीको चुनावी घोषणापत्र लगायतका विषय स्थायी समितिको अर्को बैठक (भोलि ११ बजे बस्ने)बाट टुंगो लगाउने निर्णय गरेको छ ।