२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च दुबईको अध्यक्षमा बिश्वकर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prabasi-nepali-munch-UAE

त्रिलोचन कोइराला

युएई । प्रवासी नेपाली मञ्च युएईको दुबई क्षेत्रीय कमिटीको चौथो अधिबेशनले निर्मल बिश्वकर्माको अध्यक्षमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।

प्रवासी नेपाली संघका अध्यक्ष प्रकास कोइराला, महासचिब उत्तम अधिकारी लगायत आधा दर्जन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा भएको अधिबेशनले इश्वर पोखरेल र ओमप्रकाश न्यौपानेलाइ उपाध्यक्षमा निर्वाचित गरेको छ ।

Prakash-koirala-UAE

नवनिर्वाचित समितिको सचिबमा जगत क्षेत्री, सहसचिब रमण दाहाल र कोषाध्यक्ष विष्णु सापकोटा निर्वाचित भएका छन ।

विघठित समितिका अध्यक्ष चण्डी खनालको सभापतित्वमा भएको अधिबेशनले चण्डी खनाल, तिलक भण्डारी र यादब आर्यललाई सल्लाहकार बनाएको छ ।