८ मंसिर २०८३, मंगलबार

चुनावको मुखैमा कांग्रेसलाई झट्काः मुस्लिम संघको जिल्ला समिति नै एमालेमा विलय

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, १२ वैशाख । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ नवलपरासीका अध्यक्ष काशिद अलिको नेतृत्वमा १५१ जना मुस्लिम कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज सुनवल नगरपालिका वडा नं. ११ मा भएको भेलामा उनीहरुलाई सामुहिक पार्टी प्रवेश गराएको एमालेले जनाएको छ । मुस्लीम संघका जिल्ला अध्यक्ष अलि सुनवल ९ निवासी हुन् । मुस्लीम संघका सदस्यहरुसहित सुनवल ९ का कांग्रेसमा आवद्ध मुस्लिम कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

मधेसी, जनजाति, मुस्लीम, पिछडीएको समुदायको उत्थान गर्ने वास्तविक पार्टी एमाले नै भएकोले आफू पुरा टिमसहित एमालेमा प्रवेश गरेको अध्यक्ष काशिद अलिले बताउनुभयो । अलि नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासीका सदस्य पनि हुनुहुन्छ ।

अलिसहितका नेता कार्यकर्तालाई नेकपा एमाले परासी जिल्ला कमिटिकी सचिवालय सदस्य एवँ अनेमसंघकी केन्द्रीय सदस्य विमला अर्यालले स्वागत गर्नुभएको थियो ।