काठमाडौं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारद्धारा संसदमा प्रस्तुत संविधानको दोस्रो संशोधन प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटीको ६१ औं बैठकले सरकारद्वारा संसदमा पेस भएको संशोधन प्रस्ताव राष्ट्रिय हितविपरीत रहेको ठहर गर्दै संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित आएको ठहर गर्दै संविधान संशोधनको उक्त विधेयकलाई संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको छ,’ बैठकपछि सचिव भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया