८ मंसिर २०८३, मंगलबार

राप्रपाको घोषणापत्रमा महेन्द्रको राष्ट्रवाददेखि बिपीको मेलमिलापसम्म, बुधबार सार्वजनिक हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । व्यवस्थापिका संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदृढ स्थानिय सरकारको माध्यमबाट स्थानिय जनताको विकास विकास प्रतिको आकाक्षालाई पुरा गर्ने योजना सहित चुनावी घोषणा ल्याउने भएको छ ।

राप्रपाले आगामी बुधबार ललितपुरको हिमालय होटलमा बिशेष कार्यक्रम गरी चुनावी घोषणापत्रलाई सार्वजनिक गर्ने तयारीमा लागेकोे छ । राप्रपाले विगतका जस्तै केही टेलिभिजन च्यानलबाट आफ्नो घोषणापत्र सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गराउने तयारी गर्ने छ ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्न स्थानिय तहको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानिय सरकार आत्मनिर्भर र स्वायत्त हुनुपर्नेमा जोड दिएको छ ।

तराईका प्रमुख शहरहरुमा चुनावी सभागरी स्थानियतहका नेता कार्यकर्ता र मतदातासंग प्रत्यक्ष छलफल गरेका उपप्रधानमन्त्री एवं स्थानिय विकास मन्त्री तथा पार्टी अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पार्नु भएको हो ।

स्वायत्त शासन प्रणाली मार्फत् स्थानिय जनताका संविधान प्रदत्त अधिकारहरुलाई पूर्ण रुपमा उपभोग गर्न सक्नेगरी सक्षम बनाई प्रत्येक परिवारका आधारभूत आवश्यकता पुरा गर्नसक्ने प्रारुप घोषणापत्र मार्फत सार्वजनिक हुने पार्टी प्रवक्ता रोशन कार्कीले जानकारी दिनु भयो ।

प्राथमिक स्वास्थ्य र माध्यमिक तहसम्मको पढाइ निशुल्क गर्दे सरकारी बिद्यालयको गुणस्तरमा बृद्धिमा जोड दिदै राप्रपाले प्रत्येक गांउपालिका र नगरपालिकाबाट डाक्टर र इन्जिनियरलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ ।

राप्रपाले प्रत्येक घरमा खानेपानी र बिजुली, प्रत्येक वडामा मोटरबाटो पुर्याई यातायात र संचारको विकास गरी स्थानिय साना जलबिद्युत मार्फत उज्यालो गाउँ र योजनाबद्ध शहरी बिकासमा जोड दिएको छ ।

नेपाल बन्द जस्ता कार्यक्रम आयोजना नगर्ने प्रतिवद्धता जनाउँदै राप्रपाले स्वायत्त शासन अन्तरगत स्थानिय पुजी परिचालन गरी रोजगारी उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्ने लक्ष्य राखेको छ । स्वरोजगारलाइ प्रोत्साहन, कृषिको व्यवसायिकरण गर्दै स्थानिय उत्पादनलाई जोड दिई एक परिवार एक रोजगारीका मााध्यमबाट बेरोजगारी समस्या समाधान गर्ने राप्रपाको लक्ष्य रहेको छ । २५ जना भन्दा बढि व्यक्तिलाइ रोजगारी दिने उद्योग व्यवसायलाइ १० बर्षसम्म स्थानिय कर मिनाह गरी सहुलियतमा बिजुली पानी र मोटरबाटो पु¥याउने राप्रपाको संकल्प रहेको छ ।

भोजन, आवास,स्वास्थ, शिक्षा र रोजगारी जस्ता पांच÷ पांच प्राथमिकता तय गरेको राप्रपाले गरिबी निवारण संकल्प अनुसार प्रत्येक परिवारको आर्थिक सर्वेक्षण गरी सबैभन्दा कमजोर परिवारबाट आर्थिक अवस्था सुधार कार्ययोजना कार्यान्वयन गने बताएको छ ।

हाल वार्षिक ७ सय ४० अमेरिकी डलर करीब ८० हजारको हाराहारीमा एक वर्ष गुजार्ने गरिबीको रेखामुनि रहेका परिवारलाई गरिबीको रेखा माथि उठाई ५ बर्षभित्रसबै नेपालीलाइ गांस, बास र शिक्षाको सुनिश्चितता गर्ने योजना बनाएको छ ।

दिगो विकासमा लागि पर्यटन, कृषी, सिंचाइ र पर्यावरण, वन तथा वन्यजन्तु ,स्थानिय नदीनाला ताल तलैयाकोे संरक्षण गर्दै प्रत्येक घर न्युनतम दुइ बिरुवा नगरको प्रत्येक वडामा बाल उद्यान अभियान सञ्चालन गर्ने योजना बनाएको छ । भ्रष्टाचार नै विकासको प्रमुख अवरोधक भएको निष्कर्ष निकाल्दै राप्रपाले भ्रष्टाचार मुक्त प्रशासन, सूचना प्रविधिमा स्थानिय निकाय र जनाको पंहुचमा अभिबृद्धि गर्दै स्थानिय तहमा उत्तरदायी एवं पारदर्शि र कानुनी राज्यमा आधारित शासनको प्रत्याभुति गर्ने विषय राप्रपाको चुनावी घोषणा पत्रमा समेटिने भएका छन् ।

सम्बर्द्धनवाद अर्थात् निरन्तरता सहितको परिवर्तनको राजनितिक दर्शन नै बिश्व बिजेता बिचार भएको भन्दै राप्रपाले राजा महेन्द्रको राष्ट्रवाद र बि पी कोईरालाको राष्ट्रिय मेलमिलाप नै रानितिक लक्ष्य हुनुपर्ने घोषणपत्रमा जोड दिएको छ ।

राप्रपाले जनयुद्ध र संक्रमणकाल, १२ बुदे संझौता त्यसयताको राजनितिक मार्ग्चित्र प्रति असन्तुष्टी राख्दै देशभित्र बढेको अस्वभाविक बाह्य शक्तिहरुको चलखेलले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाएको निष्कर्ष निकालेको छ । प्रजातन्त्रको आवरणमा सिण्डिकेटतन्त्र लागुगरी राज्य संयन्त्रको पार्टीकरण गर्दा राष्ट्रिय पहिचान माथि मात्र होईन अर्थतन्त्र समेत संकटग्रस्त भएकाले यसलाई निकास दिनु पर्ने राप्रपाले जोड दिएको छ ।

प्रमुख राजनीतिक दलहरुमा दिशाहिनता र सैद्धान्तिक विचलन आएको निष्कर्ष निकाल्दै राप्रपाले विकल्पमा अलग पहिचान र सुस्पष्ट बिचार सहित एकिकरण भएको राप्रपा मुलुकको भरोसा योग्य पार्टी बनेको दावी गरेको छ ।

राप्रपाले जातीय एवं सांस्कृतिक विविधताको संरक्षण, धार्मिक समानता र स्वतन्त्रताको सम्मान,संगठित धर्म परिवर्तन निषेध, गौहत्या दण्डनिय, मठ मन्दिर गुम्बाको संरक्षण र गौशाला स्थापना जस्ता सास्कृतिक धरोहरहरुको संरक्षणका एजेण्डापनि घोषणापत्रमार्फत सार्वजनिक गर्ने बताएको छ ।

राष्ट्रियताको सुदृढिकरणका लागि बिद्यालय पाठ्यक्रममा राष्ट्रिय भावनाका विषयवस्तु समावेश गर्ने लक्ष्य राखेको राप्रपाले बिद्यालय पाठ्यक्रममा नैतिक शिक्षा, सामाजिक सुरक्षा र सुधार,सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको अन्त्य, जातिय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने कुप्रथा र संस्कारको अन्त्य, बालविवाह र बहुविवाह निषेध गर्ने कार्यक्रमहरुपनि समेटिने बताएको छ ।

आदिवासी जनजाती उत्पिडित अल्पसंख्यक र मुस्लिम समुदायको उत्थान, युवा उत्थान एवं साहित्य कला चलचित्र र खेलकुद क्षेत्रको बिकास, महिला हित र शसक्तिकरण गर्दै भाषा र संस्कृतिको संरक्षण गर्नु पर्ने राप्रपाको दृष्टिकोण राखेको छ ।

‘राप्रपाको प्रतिबद्धता –सकारात्मक परिवर्तन राष्ट्रियता, हिन्दुत्व, बिकास र सुशासन’, ‘गाइ चिन्हमा मतदान नेपालीको सम्मान’ जस्ता चुनावी नारा पनि राप्रपाले तय गरेको छ । नेपाली जनताले राप्रपा नेपाललाई देशको नयां राजनीतिक विकल्पको रुपमा आशाको नजरले हेरिरहेको भन्दै जनताको आकाक्षा अनुसार घोषणापत्र आउने राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

उदार अर्थतन्त्रकोे बाटोबाट युरोप र अमेरिका, जापानले आर्थिक समृद्धिको स्थायी संरचना तयार गरेको र मलेसिया, ताईवान र दक्षिण कोरिया जस्ता मुलुकहरुले संसासलाई नैचकीत पारेको निष्कर्ष निकालेको राप्रपाले त्यही उदार आर्र्िथक बिकासको बाटोबाट मुलुकलाई समृद्धीतर्फ लैजान सकिने विषयलाई घोषणापत्रमा समेटेको श्रेष्ठको भनाई छ ।