एजेन्सी । बेलायतमा दुई बच्चाका बाबु समेत भइसकेका एक व्यक्ति महिला भएका छन् । जेम्स कोहेन नाम गरेका तीं व्यक्तिले ८ वर्षको बैबाहिक सम्बन्धपछि महिला हुने फैसला गरे । आइरियन नामकी महिलासंग २००९ मा बिहे गरेका उनका दुई बच्चा पनि छन् ।
उनले आफ्नो श्रीमतीलाई पनि चार महिनाअघि मात्रै आफू ट्रान्सजेन्डर भएको बताएका थिए । उनले आइरियनलाई आफू महिला बन्ने इच्छा व्यक्त गरेकी थिए । आइरियनकाअनुसार आफ्नो श्रीमानको मुखबाट त्यस्तो कुरा सुनेपछि उनी निकै अचम्ममा परेकी थिइन् ।
आइरियनले आफ्नो श्रीमान सँधै पुरुष जस्तै रहेको व्यवहार पनि ट्रान्सजेन्डरको जस्तो कहिलै नदेखेको बताइन् । तर, उनलाई केही शंका भने लागेको थियो । किनभने उनी कहिलेकाँही जेम्स महिलाले लगाउने लुगाप्रति निकै आकर्षित हन्थे । तर, उनी मजाक गरेजस्तै मात्रै गर्थे ।
इन्जिनियर समेत रहेको ३५ वर्षीय जेम्स अब महिला देखिएका छन् । लामो कपाल पालेका छन् भने पहिरन पनि महिलाको लगाउन थालेका छन् । उनले आफ्नो नाम बदलेर ‘कारा’ राखेका छन् । उनी अप्रेसन बिना जेन्डर चेन्ज गर्नका लागि हर्मोन थेरापी गरिरहेका छन् ।
जेम्सबा कारा बनेपछि आइरियन उनीसंगै रहन्छिन् । उनी अझै जेम्सलाई श्रीमानजस्तै एक साथीको रुपमा माया गर्छिन् । उनी भन्छिन्, ‘मैले श्रीमान गुमाएपनि राम्रो साथी पाएकी छुँ ।’

















प्रतिक्रिया