३ कार्तिक २०८३, मंगलबार

प्रितमको ‘यात्री हुँ म’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिजो आज सांगितिक माहोलमा आफूलाई चिनाउन उद्धत छन् गायक प्रितम लामा । जसले छोटो समयमा थुप्रै गीतमा स्वर दिइसकेका छन् ।

हेटौडा, मकवानपुरमा जन्मिएका लामाको पुख्र्याैली घर भने रामेछाप बेथान हो । संगीत क्षेत्रमा औपचारिक प्रशिक्षण र अनुभव बटुलेका लामाले म्हेन्दोमाया, रोशी खोला र यात्री हुँ म बोलको गीतको म्युजिक भिडियो युट्युबमा उतारेका छन् ।

हालै बजारमा आएका यात्री हुँ म गीतमा शब्द डि.पी. खनालको रहेको छ भने शंकर थापाले संगीत गरेको हो । यो गीतमा मोडल रितु लामा र गायक स्वयंको रहेको छ ।

यसैगरी म्हेन्दोमाया बोलको गीतमा शब्द उर्गेन लामा, एरेन्जर स्व. सुनिल बर्देवा र स्वर प्रितमको नै रहेको छ । भिडियोमा बर्षा शिवाकोटी र सुरजलाई देख्न सकिन्छ । रोशी खोलामा भन्ने बोलको गीतमा शब्द विजय लामा मोक्तान, संगीत÷एरेन्ज बुद्ध स्याङ्बाले गरेका हुन् । उक्त गीतको भिडियोमा सुवास र रोहनी लामाको अभिनय हेर्न सकिन्छ ।

पुर्वी पश्चिमी संगीतमा दक्षता रहेको सुनाउने लामाले सस्तो लोकप्रियतामा अभिप्रेरित नभई जीवनको एक सुन्दर पाटोको रुपमा लिई संसारमा आफुलाई चिनाउने अठोटका साथ लागिपरेका हुन् ।