काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीका पूर्व आईजीपी रवीन्द्रप्रताप शाहले डीआईजी नवराज सिलवालको गिरफ्तारीमा असन्तुष्टि जनाएका छन् । शाह सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका सांसद पनि हुन् ।
सोमबार विहान छानविनका लागि भन्दै सिलवाललाई प्रहरी हेडक्वार्टरले घरबाटै नियन्त्रणमा लिएपछि शाहले कुनै व्यक्तिविरुद्ध राज्य खनिनु लोकतान्त्रिक सरकार लागि अशोभनिय कार्य भएको उल्लेख गरेका छन् ।
शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कुनै सरकारी कागजात कीर्ते हो कि होईन भन्ने बिषय सम्मानित सर्वोच्च अदालतमा बिचाराधीन रहेकै अवस्थामा कुनै ब्यक्ति बिरुद्ध राज्य खनिनु लोकतान्त्रिक सरकारको निम्ति एकदमै अशोभनिय कार्य..!’











प्रतिक्रिया